इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बिजयी भएको छ । शनिबार राति भएको खेलमा लिभरपुलले नटिङघम फरेस्टलाई ३-२ गोल अन्तरले हराउँदै बिजयी भएको हो । लिभरपुलको जितमा डिएगो जोटाले दुई गोल गरे । मोहमद सलाहको नाममा एक गोल रह्यो ।फरेस्टका निको विलियम्स र मोर्गन गिब्स व्हाइटले एक एक गोल फर्काए ।
खेलको ४७ औं मिनेटमा जोटाले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।५१ औं मिनेटमा विलियम्सले गोल गर्दै फरेस्टलाई १-१ गोलको बराबरीमा ल्याए ।खेलको ५५ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दा लिभरपुल २-१ ले अघि रह्यो ।६७ औं मिनेटमा मोर्गनले गोल गर्दै फरेस्टलाई २-२ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ७० औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई ३-२ को जित दिलाए ।