एमाले उपाध्यक्ष भीम रावललाई कसले दियो धम्की ? — OSNepal

एमाले उपाध्यक्ष भीम रावललाई कसले दियो धम्की ?

LC (KTM) July 14, 2021 0

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले आफूलाई धम्की आएको बताएका छन् । नेता रावलले आँफुलाई फोनबाट धम्की आएको भन्दै एक विज्ञप्ति सार्वजनिक गरेको भएता पनि कुन नम्बरबाट आएको भन्ने खुलाएका छैनन् ।

सार्वजनिक विज्ञप्तिमा नेता रावलले भनेका छन् एमाले एकताबद्ध बनाउन आफूले खेलेको भूमिकालाई लक्षित गर्दै केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको हो । सार्वजनिक विज्ञप्तिमा उनले आफूले अडानयुक्त पहल गर्दा षडयन्त्रमूलक ढंगले भारतीय गुप्तचरसँग भेटेको तथा केपी ओलीले कार्यवाहक अध्यक्ष बनाउने आश्वासन दिएको जस्ता कुप्रचार गरिएको भनेर समेत उल्लेख गरेका छन् ।

नेता रावलले आफूलाई कसले धम्की दिएको भन्ने विषयमा विज्ञप्तिमा उल्लेख गरेका छैनन । आँफुले एमालेको पहिलो तहका नेताहरुलाई एक बनाउन लागि परिरहेको समयमा आएको धम्की अर्थएूर्ण रहेको उल्लेख गरेका छन् । पूर्व गृहमन्त्री समेत रहेका नेता रावललाई कसले दियो त धम्की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर