सपथमा लफडा: राष्ट्रपतिको अटेरीले सपथ ढिला ! — OSNepal

सपथमा लफडा: राष्ट्रपतिको अटेरीले सपथ ढिला !

LC (KTM) July 14, 2021 0

काठमाडौँ – राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेपछि देउवाले नियुक्ति सच्याएरमात्र सपथ लिने अडान लिएका थिए। त्यसपछि राष्ट्रपतिले सर्वोच्च अदालतको आदेश र संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्दै भाषा सच्याएपछि उनले साढे दुई घण्टा ढिलागरी सपथ लिएका थिए। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

देउवाले साँझ ६ बजे राष्ट्रपतिसमक्ष सपथ लिने समय तय भएको थियो। तर, अदालतको आदेशपछि असन्तुष्ट राष्ट्रपति भण्डारीले नियुक्तिको बेहोरा सच्याउन अटेरी गर्दा सपथ लिन केही ढिला भएको कांग्रेसका एक नेताले बताए।

प्रधानमन्त्री नियुक्ति प्रक्रियामा राष्ट्रपति कार्यालयबाट देखाइएको व्यवहारले मुलुकको कार्यकारी प्रमुख र राष्ट्राध्यक्षको सम्बन्ध आगामी दिनमा सुमधुरभन्दा चिसो हुने संकेत गरेको छ।

सपथपछि राष्ट्रपतिले प्रधानमन्त्रीलाई समारोहमा उपस्थित उपराष्ट्रपति, प्रधानन्यायाधीशसहितका विशिष्ट व्यक्तिहरूसँग परिचय गराउने प्रचलन भए पनि भण्डारीले मंगलबार त्यसो गरिनन्। यसबाट प्रधानमन्त्री देउवाको सत्तारोहणसँग राष्ट्रपति असन्तुष्ट देखिएको स्रोतले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर