कोपा अमेरिकाको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमारसँगै यि १० खेलाडी पनि अटाए — OSNepal

कोपा अमेरिकाको ‘टिम अफ द टुर्नामेन्ट’मा मेस्सी र नेयमारसँगै यि १० खेलाडी पनि अटाए

LC (KTM) July 14, 2021 0

काठमाडौँ – कोपा अमेरिका फुटबलको ‘टिम अफ द टुर्नामेन्ट’ मा स्टार खेलाडीहरु डियाज, नेयमार, मेस्सीलाई सँगै राखिएको छ ।

आयोजक कोपा अमेरिकाले हालै ‘टिम अफ टुर्नामेन्ट’ मा उपाधि विजेता अर्जेन्टिना र सहविजेता ब्राजिलको टिमका ७ जना खेलाडीलाई एकसाथ अटाएको छ जसमा फरवार्ड डियाज, नेयमार, मेस्सी छन् भने टिममा परेका खेलाडीमा गोलकिपर इमिलियानो मार्टिनेज रहेका छन् ।

त्यस्तै डिफेन्डरमा मार्क्विन्होस, इस्ला, रोमेरो, इस्टुपिनान छन् भने मिडफिल्डर कासिमिरो, योटुन, डी पाउल रहेका छन् । कोपा अमेरिका फुटबलको फाइनल खेल सकिए पनि मेस्सी र नेइमारले एक अर्कालाई अंगमाल गरेको दृश्य र नेइमार रोइरहेको दृश्यले धेरैको ध्यान खिचेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर