ओलीलाई पदमुक्त गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका भट्टराईले भने 'पुस ५ गतेदेखि राम्ररी निदाउन सकिएको थिएन, अब निदाउन थालियो' — OSNepal

ओलीलाई पदमुक्त गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका भट्टराईले भने ‘पुस ५ गतेदेखि राम्ररी निदाउन सकिएको थिएन, अब निदाउन थालियो’

LC (KTM) July 14, 2021 0

काठमाडौं- जनता समाजवादी पार्टी ९जसपा० नेपाल संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अब आफु राम्रो सँग निदाउन थालेको बताएका छन् ।सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनःस्थापना भएपछि निदाउन थालिएको उनले बताएका छन् । भट्टराईले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै गत पुस ५ गतेदेखि राम्ररी निदाउन नसकिएको जनाएका छन् ।

उनले लेखेका छन् ‘गत पुस ५ गतेदेखि राम्ररी निदाउन सकिएको थिएन – ००७ साल ताकाका बीपीरपीएलदेखि जनयुद्धरजनआन्दोलनरमधेश विद्रोहसम्मको हाम्रो पुस्ताले लडेर ल्याएको संविधानसभाले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान म नमर्दै मर्छ कि भन्ने चिन्ताले १ अब निदाउन थालियो! धन्यवाद श्रीमानहरू !!’वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका डा. भट्टराईले सर्वोच्चको परमादेशबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि डा। भट्टराई निदाउन थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर