बलिउडमा यस्ता कलाकारहरु छन् जो रियल लाईफमै एकदमै सन्कि र मुडी टाईपका देखिने गरेका छन् । यस्तै कलाकार मध्ये बलिउडका नायक सनी देओल पनि एक हुन् । उनका हरेक फिल्ममा तोडफोड नै देखाइएको हुन्छ किनकी उनलाई त्यस्तै रोलमा दर्शकले रुचाउने गरेका छन् । आफ्नो फिल्मी करियरमा उनले यस्ता धेरै सुपरहिट चलचित्र दिईसकेका छन् ।
उनी जति झ्वाँक्कि र शक्तिशाली फिल्ममा देखाईने गरेको छ रियल लाईफमा पनि त्यस्तै छन् । उनलाई मन परेन भने झट्टै प्रतिक्रिया देखाईहाल्छन् । उनले बलिउड उद्योगमा गदर’, ‘घायल’, ‘त्रिदेव’, इण्डियन, च्याम्पियन, मा तुझे सलाम जस्ता कैयौं सुपरहिट फिल्म दिएका छन् ।
सनीको फिल्म गदरबाट उनले अवार्ड जित्न सफल भएका थिए । तर उनले त्यो जितेको अवार्ड लिन त लिए तर बाथरुममै छोडेर चल्दिए । उनको यो हर्कत बाहिर आएपछि एकपटक सबै चकित परेका थिए । उनले ‘गदर’का लागि ‘वेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ जितेका थिए । जी टेलिफिल्मसको ब्यानरमा बनेको चलचित्र थियो गदर ।
सोही फिल्मस्ले अवार्डको पनि आयोजना गरेको थियो । यहि फिल्मस्ले निर्माण गरेको चलचित्र गदर भएकोले आयोजक आफैले बनाएको आफ्नै फिल्मलाई अवार्ड दिन आवश्यक ठानेको थिएन् । किनभने बिबाद आउँछ भन्ने डर आयोजकलाई थियो । त्यसैले चलचित्र गदरको सट्टा आमिर खानको लगानले यो अवार्ड हात पार्न सफल भएको थियो । उत्कृष्ट फिल्म लगान र उत्कृष्ट अभिनेता आमिरलाई दिइएको थियो । यही कुरामा सनीलाई चित्त बुझेको थिएन् ।
तर गदर फिल्म राम्रो भएकोले अवार्डमा सनीलाई ‘बेस्ट क्रिटिक्स एक्टर च्वाइस अवार्ड’ दिइएको थियो । उनले अवार्ड बहिस्कार त गरेनन् । अवार्ड थापेर स्टेज बाट केही नबोली बाहिरीए । अवार्ड लिई सकेपछि उनी सिधै बाथरुम गएका थिए । उनले आफुले पाएको अवार्ड बाथरुममै छोडेर बाहिरीएका थिए । यी सबै घटना जी टेलिफिल्मसका पूर्व सीइओ सन्दीप गोयलले आफ्नो पुस्तक ‘अनेष्ट टू गड’मा उल्लेख गरेका छन् ।