एक साता भित्रै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता उपलब्ध गराउने — OSNepal

एक साता भित्रै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता उपलब्ध गराउने

LC (KTM) July 14, 2021 0

काठमाडौँ ३० असार । नवगठित नेपाली कांग्रेसको पहिलो बैठकले नै २०७८ सालभित्र नै सबै नागरिकलाई कोरोना विरुद्धको खेप निशुल्क लगाउने घोषणा गरेको छ ।

प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथपछि हिजो साँझ बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले सबै नागरिकलाई खोप सुनिश्चित गर्ने निर्णय गरेको हो ।

अगामी असोज मसान्त भित्र एक तिहाइ जनसंख्या र चैत मसान्तसम्म खोप लगाउन योग्य सबैलाई खोप लगाउने तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र कार्कीले बताए अनुसार एक साता भित्रै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको जोखिम भत्ता उपलब्ध गराउने समेत निर्णय भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर