आज दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालुवाटारदेखि बालकोट सम्म लैजाने — OSNepal

आज दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालुवाटारदेखि बालकोट सम्म लैजाने

LC (KTM) July 14, 2021 0

काठमाडौं-निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको त्यहाका स्थानियले बताएका छन् । ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएपनि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको बताइएको छ । ओली आज सरकारी निवासबाट नीजि निवास बालकोट जाने भएका छन् ।

उनलाई युवा संघको आयोजनामा भोलि ११ बजे दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोटको घरसम्म लैजाने कार्यक्रम रहेको बताइएको छ । बालुवाटारदेखि बालकोट निवाससम्म स्कर्टिङ गर्ने कार्यक्रम रहेको एमालेका नेता महेश बस्नेतले बताए । बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर