मुम्बइ । बलिउड अभिनेत्री आलिया भट्टले आफ्नो फिल्म ओटिटी प्लेटफर्मबाट रिलिज नहुने बताएकी छन् । अभिनेत्री आलियाले आफ्नो फिल्म गंगुबावाई काठियाबाडीलाई निकै महवकांक्षी फिल्मका रूपमा लिएकी छन् । यो फिल्मलाई ओटिटी प्लेटफर्मबाट रिलिज गर्ने चर्चा भइरहेको छ । तर, अब यो फिल्म सिनेमा हलबाटै आउने यी अभिनेत्रीले बताएकी छन् ।
निर्देशक सञ्जय लिला भन्सालीले यो फिल्मलाई हलबाटै रिलिज गर्ने निर्णय गरेको अभिनेत्री आलियाले बताएकी छन् । निर्देशक सञ्जयको निर्णयप्रति खुसी व्यक्त गर्दै आफूले यो फिल्मलाई दर्शकसँग हलमा हेर्न चाहेको उनले बताएकी छन् ।
यो फिल्म मुम्बईको कोठीमा बसेर कोठीमा पुगेको युवतीको उद्धार गरेकी एक महिलाको संघर्षमा आधारित छ । वास्तविक कथामा आधारित यो फिल्म आफ्नै जीवनकै उत्कृष्ट फिल्ममा पर्ने अभिनेत्री आलियाको दाबी छ ।राजधानि दैनिकमा खबर छ ।
त्यसो त निर्माता निर्देशक सञ्जय लीला भन्सालीले आफ्नो फिल्म यस अघि ओटिटी प्लेटफर्मबाट रिलिज हुन सक्ने बताएका थिए । भन्सालीले यो फिल्म ओटिटीबाट आउने भनेपछि थुप्रै डिजिटल कम्पनीले सञ्जयसँग फिल्मको माग गरेका थिए । तर, अब यो फिल्मलाई सिनेमा हलबाट प्रदर्शन गरेपछि मात्र ओटिटी प्लेटफर्मबाट प्रदर्शन गर्ने निर्देशन सञ्जयले बताएका छन् ।