काठमाडौं-रवि लामिछानेको अभिव्यक्तिप्रति अनेरास्ववियूले आपत्ति जनाएको छ । संचारकर्मी रवि लामिछानेले प्रतिनिधिसभा बिघटन बिरुद्ध परेको रिट बदर भएपछि उनले समाजिक संजालमा लेखेको विषयप्रति अनेरास्ववियूले आपत्ति जनाएको हो ।
उनले सामाजिक संजाल फेसबुकमा लेखेका थिए ‘केरे..केरे..केरे..अदालतको आदेश मान्दिन रेरु तिम्रो ‘बा’ को शासन हो र ? रविको यो स्टाटको खण्डन गर्दै अनेरास्ववियूका अध्यक्ष ऐन महरले लेखेका छन्, ‘रवि लामिछाने नामकको अराजक र व्यभिचारी मान्छेलाई सम्हालिन र जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्दछु। अन्यथा तिम्रो अराजकताको ठेगाना कानून बमोजिम अनेरास्ववियुले छिट्टै लगाउने छ। जस्तालाई त्यस्तै जवाफ र व्यवहार अनेरास्ववियुले राम्ररी जानेको छ।’