मुम्बई । दक्षिण भारतीय अभिनेता रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । सोमबार उनले राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’ विघटन गर्दै राजनीतिबाट सन्यास लिएका हुन् । उनले भविष्यमा राजनीतिमा फर्किने आफ्नो कुनै पनि सोच नभएको समेत बताएका छन् । उनले यो फैसला पार्टीका सबै नेताहरुसँग छलफल गरेपछि लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
अभिनेता रजनीकान्तको नयाँ संगठनले अब ‘रजनी फ्यान क्लब एसोसिएसन’ को नामबाट जनताको सेवा गर्ने जनाइएको छ ।सौर्य दैनिकमा खबर छ । उनले गत वर्षको डिसेम्बर २९ मा आफ्नो स्वास्थ्य अवस्थाका कारण चुनावी राजनीतिबाट आफूलाई टाढा राख्ने निर्णय लिएका थिए । उनले सो समयमा एक पत्र लेख्दै राजनीतिमा नउत्रिए पनि जनताको सेवा भने निरन्तर लाग्ने बताए थिए ।
उनले यो निर्णयबाट आफ्ना प्रर्शसकहरु निराश भए पनि आफूलाई माफ गरिदिन आग्रह गरेका छन् । अभिनेता रजनीकान्त केही दिनअघि मात्रै अमेरिकामा उपचार गरेर फर्किएका थिए । उनलाई डाक्टरले एक्सनका दृश्य नगर्न समेत सुझाव दिएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।