नयाँ दिल्ली। भारतको पन्जावमा एक नेपाली महिलाको शंकास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा २६ वर्षीया अनिता रहेकी छन् । दाइजोको निहुमा ह त्या गरेको अभियोगका युवतीका श्रीमान,सासु र सुसुरा विरूद्ध बुवाले मुद्दा दायर गरेका छन् । । शंकर निजी काम गर्छन्।
उनकी पाँच महिनाकी छोरी पनि छन्।अर्घाखाँची स्थायी घर भई दीपनगर पटियाला वसोबास गर्ने युवतीका बुबा रामप्रसादले विवाहपछि आफ्नी छोरीलाई दाइजोका लागि दुर्ब्यबहार गरेको आरोप लगाएका छन्। कम दाइजो ल्याएको भन्दै ससुरा र सासुले बेलाबेला यातयना दिने गरेको उनले बताए।सल पंखामा झुण्डिएको र उनलाई तत्कालै अस्पताल लगिएपनि बचाउन नसकिएको बताइएको छ ।
श्रीमान् र ससुरालाई पन्जाब प्रहरीले पक्राउ समेत गरेर अनुसन्धान गरेको छ। भुमिकास्थान नगरपालिका(२, अर्घाखाँची स्थायी घर भइ पन्जाबमा बसोवास गर्ने शंकर शर्मा र अनिता बीच करिब दुई वर्षअघि बिवाह भएको थियो। अनिताले अक्टोबर २०२२ मा छोरीलाई जन्म दिइन्। त्यसपछि ससुराले उनलाई झनै दुर्ब्यबहार गर्न थालेको बताइएको छ ।