युरोकपको फाइनलमा पेनाल्टी मिस गर्ने ३ खेलाडी प्रति इंग्ल्याण्डका कप्तानले खोले मुख , रंगभेदी दुब्र्यवहार गर्ने समर्थकलाई ट्वीटर बाटै यसरी थर्काए — OSNepal

युरोकपको फाइनलमा पेनाल्टी मिस गर्ने ३ खेलाडी प्रति इंग्ल्याण्डका कप्तानले खोले मुख , रंगभेदी दुब्र्यवहार गर्ने समर्थकलाई ट्वीटर बाटै यसरी थर्काए

LC (KTM) July 13, 2021 0

युरोकपको फाइनलमा पुगेर ईटाली संग पराजित भएको इंग्ल्याण्डका ३ खेलाडी रंगभेदी दुब्र्यवहारमा परेको बिषय एकदमै खेल जगतमा गर्माएको छ । इंग्ल्याण्डकै ३ अश्वेत खेलाडी जस्ले पेनाल्टीमा चुकेका थिए ।

यहि बिषयलाई लिएर इंग्ल्याण्डका समर्थकहरुले रंगभेदी दुब्र्यवहार गरेका हुन् । यो बिषय सामाजिक सञ्जालमा ब्यापक उठेपछि बल्ल इंग्ल्याण्डका कप्तान ह्यारी केनले मुख खोलेका छन् । उनले सामाजिक सन्जालमार्फत तीन खेलाडीलाई भएको रंगभेदी दुर्व्यवहारको निन्दा गरेका हुन् । कप्तान केनले दुर्व्यवहार गर्नेहरुलाई कडै जवाफ दिएका छन् ।

यो कार्यको निन्दा गर्दै दुर्व्यवहार गर्नेहरु इंग्ल्यान्डको प्रशंसक नभएको ह्यारीले प्रष्ट पारेका छन् । युरोकपको फाइनलमा पेनाल्टीमा गोल गर्न चुकेपछि मार्कस रासफोर्ड, जाडोन सान्चो र बुकायो साकामाथि रंगभेदी दुर्व्यवहार भएको थियो । केनले ३ जना खेलाडी उत्कृष्ट रहेको समेत बताएका छन् ।

उनले ट्वीट गर्दै भनेका छन् – उनीहरु समर्थन पाउन योग्य छन् । यदि तपाई कसैलाई सामाजिक संजालमा दुर्व्यवहार गर्नु हुन्छ भने तपाई इंग्ल्यान्डको प्रशंसक होइन । हामीलाई तपाई चाहिन्न । उनले कडै रुपमा त्यस्ता समर्थक हैनन् अराजक हुन भनेका छन् । तीन खेलाडीलाई दुर्व्यवहार गर्नेविरुद्ध प्रहरीले अनुसन्धान समेत गरिरहेको छ ।यस्तै इंग्लिस फुटबल एसोसिएसन एफएले समेत दुर्व्यवहारको भर्त्सना गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर