काठमाडौं । फिल्म ‘जारी’ले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ । नयाँ वर्षको दिन शुक्रबार प्रदर्शनमा आएको फिल्मको पहिलो दिनको कमाइ दुई करोड १५ लाख रुपैयाँ ग्रस हाराहारी रहेको फिलमले । दोस्रो दिन शनिबारको कमाइ पनि दुई करोडभन्दा माथि कमाइ गरेको छ ।
पहिलो सप्ताहन्त अर्थात दुई दिनमै फिल्मको कुल कमाइ चार करोड रुपैयाँ ग्रसभन्दा माथि रह्यो । तेस्रो दिन आइतबार पनि काठमाडौं र पूर्वी सहरका मल्टिप्लेक्सको अकुपेन्सी उच्च छ ।
सकारात्मक फिल्म समीक्षा, ट्रेलरबाट प्राप्त प्रतिक्रिया, दयाहाङ राई र मिरुना मगर स्टारर ‘कबड्डी’ श्रृंखलाको क्रेजले ‘जारी’लाई राम्रो फाइदा पुगेको बताइएको छ । बलियो वर्ड अफ माउथ भएकाले ‘जारी’ विकडेजमा पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ ।
फिल्मले उपेन्द्र सुब्बाले निदेृशन गरेका हुन् । विजय बराल, प्रेम सुब्बा, रोयदीप लगायतका कलाकार पनि शीर्ष भूमिकामा छन् ।