रोनाल्डोका फ्यानहरुलाई अत्यन्तै दुःखको खबर, सुन्दा खेरी नै पर्छन् तीन छक्क — OSNepal

रोनाल्डोका फ्यानहरुलाई अत्यन्तै दुःखको खबर, सुन्दा खेरी नै पर्छन् तीन छक्क

LC (KTM) July 13, 2021 0

रोनाल्डो र मेसी फुटबलका दुई महान हस्ती हुन् । तर उनीहरुका फ्यानका कारण दुबै जना सत्रु जस्तै हुन् भन्ने भ्रम पारिदिएका छन् । यसै कुरालाई लिएर भन्ने हो भने रोनाल्डोका फ्यानहरुका लागि एकदमै दुःखको खबर रहेको छ ।

१६ औं संस्करणको युरोकप फुटबलको टिम अफ द टुर्नामेण्ट सार्वजनिक भएको छ तर यसमा रोनाल्डो अटाउन सकेनन् । यूईएफएले मंगलबार टिम अफ द टुर्नामेन्ट सार्वजनिक गरेको हो । तर यसमा युरोकपको गोल्डेन बुट बिजेता रोनाल्डो भने परेका छैनन् ।

त्यसैले उनका फ्यानहरु दुःखी भएका छन् । रोनाल्डो तिनै खेलाडि हुन् जो युरोकपमा सर्वाधिक ५ गोल गर्न सफल भएका थिए । टिम अफ द टुर्नामेन्टमा तीन जना फरवार्ड को नाम अटाउँदा उनी भने अटाउन सकेनन् । टिममा सर्वाधिक धेरै इटालीका पाँच खेलाडी परेका छन् ।

टिम अफ द टुर्नामेन्टको गोलकिपरमा जियानलुइजी डोनारुम्मा, डिफेन्डरमा केली वाल्कर, लियोनार्दो बुनिची, ह्यारी मग्वाएर, लियोनार्दो स्पिनाजोला, मिडफिल्डरमा पिएरे इमिल होजवर्ग, जोर्गिन्हो, पेड्री त्यस्तै गरी फरवार्डमा फेडेरिको किएजा, रोमेलु लुकाकु, रहिम स्ट्रर्लिङ परेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर