मन भित्रको बह पोख्न खोज्दा हासो र मजाकको पात्र बनेको छु, जताततै अध्यारो देखेको छु - समीक्षा अधिकारी — OSNepal

मन भित्रको बह पोख्न खोज्दा हासो र मजाकको पात्र बनेको छु, जताततै अध्यारो देखेको छु – समीक्षा अधिकारी

LC (KTM) April 16, 2023 0

काठमाडौं – गायिका समीक्षा अधिकारीले आफ्नो जिन्दगीको कथा चलचित्रको कथाजस्तै भएको बताएकी छन्। आइतबार सामाजिक सञ्जालमा एक लामो स्टाटस लेख्दै उनले यस्तो बताएकी हुन् ।

कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले उनले उल्लेख गरेकी छन् । मन भित्रको बह सुनाउन खोज्दा हाँसोको पात्र बन्ने गरेको उनले बताएकी छन् । उनले आफूले अगाडी बड्न खोज्दा पाइला पछाडी तानिने बताएकी छन् ।आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देखेको उनले बताएकी छन् । उनले आफूले मन भित्रको बह पोख्न खोज्दा हासोको पात्र बनाइएको पनि बताएकी छिन्।

अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानीन्छन। मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु। आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु। ए मेरो पनी भावना छ तपाईको जस्तै,  उनले भनेकी छिन्,ुमेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ। लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो। म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै। पर्दामा देखीएका हरेक कुरा सहि हुदैनन। सत्यता त मनमै अड्किएर बसेको हुन्छ।

पछिल्लो समय देखी अष्ट्रेलियमा गएर बसेकी उनले उतैबाट विभिन्न तस्विर पोस्ट गरिरहेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर