फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृ त्यु — OSNepal

फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर आमा छोराको मृ त्यु

LC (KTM) May 14, 2021 0

बलेवा, ३१ वैशाख :बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृ त्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिनुभयो । घटना दिउँसो साढे दुई बजे भएको हो । मृ त्यु हुने एकाघरका आमाछोरा रहेको प्रहरी निरीक्षक विजय भण्डारीले बताउनुभयो ।

अहिले इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रहरी प्रमुख जयराम वन्तसहितको टोली घटनास्थलमा पुगेको छ ।

प्रहरी र स्थानीयवासीको सक्रियतामा माटोले पुरिएका श व निकालिएको प्रहरी निरीक्षक भण्डारीले बताउनुभयो । श व परीक्षण गरी अन्त्येष्टिका लागि तयारी गरिएको बताइएको छ । मृ तक भवीका श्रीमान् रोजगारीका क्रममा भारतमा रहेको परिवारले बताएको छ । उहाँका अरु दुई छोरा रहेको स्थानीयवासीले बताएका छन् ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर