श्वास–प्रश्वासमा समस्या आएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि अस्पताल लगियो सन्तोषलाई, तर... — OSNepal

श्वास–प्रश्वासमा समस्या आएपछि हेलिकोप्टरमार्फत थप उपचारका लागि अस्पताल लगियो सन्तोषलाई, तर…

LC (KTM) May 14, 2021 0

काठमाडौ । कोरोना भाइरसबाट संक्रमित सर्केगाड गाउँपालिका स्वास्थ्य संयोजक सन्तोष धामीलाई श्वास–प्रश्वासमा समस्या भएपछि आज हेलिकोप्टरमार्फत थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा लगिएको छ ।

जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले धामीको श्वास–प्रश्वासको अवस्था निकै संकटग्रस्त हुनाका साथै अक्सिजनसमेत कम भएको हुँदा उद्धार गरिएको हो ।

भक्तपुर इन्टरनेशनलबाट चिकित्सक डा अविशेक देव र नर्स अनिसा किलम्बु टोली हुम्ला पुगेर धामीलाई जुम्ला लगिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर