काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मा राष्ट्रपति विद्यादेवी भण्डारीसामु मंगलबार साँझ शीतल निवासमा देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी देउवाले नियुक्ति सच्याएर मात्र शपथ लिने अडान लिएपछि नियुक्ति सच्याएर शपथ लिएका हुन् । पछि राष्ट्रपतिले सर्वोच्च अदालतको फैसलाका साथै संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री नियुक्त भएको उल्लेख गरेपछि देउवाले शपथ लिएका हुन् ।
पत्रको भाषाबारे विवाद भएपछि शपथग्रहण कार्यक्रम दुई घण्टा धकेलिएको थियो ।