इन्डियन प्रिमियर लिगमा रोयल च्यालेन्जर्स बेंग्लोरले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको छ । चौथो खेलमा दोस्रो जित हात पार्ने क्रममा घरेलु मैदान एम चेन्नास्वामीमा बेंग्लोरले दिल्लीलाई २३ रनले पराजित गरेको हो । ।बेंग्लोरले दिएको १ सय ७५ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन मात्र बनायो ।
दिल्लीका लागि मनिश पान्डेले ३८ बलमा ५० रनको अर्धशतकीय ईनिङ खेले पनि टिमलाई जित दिलाउन सकेनन् । बेंग्लोरका लागि विजयकुमार वैशखले ३ तथा मोहम्मद सिराजले २ विकेट लिए । हर्षल पटेल,वानिन्दु हसरंगा र वाइनी पार्नीलले समान १-१ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो ।
बेंग्लोरका लागि ओपनर विराट कोहलीले ३४ बलमा ६ चौका र १ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय ईनिङ खेले । दिल्लीका लागि मिचेल मार्श र कुलदिप यादवले समान २र२ तथा अक्षर पटेल र ललित यादवले समान १र१ विकेट लिए ।