इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले नमिठो पराजय भोगेको छ । शनिबार भएको खेलमा चेल्सीलाई ब्राइटनले २(१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो । खेलको १३ औं मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ४२ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई १(१ गोलको बराबरीमा ल्याए ।त्यसपछि खेलको ६९ औं मिनेटमा जुलिओ एन्सिसोले गोल गर्दै ब्राइटनलाई २(१ को जित दिलाए । जितसँगै ब्राइटनले २९ खेलमा ४९ अंक जोडेको छ ।