उदयपुर, २९ असार – चट्याङ लागेर उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृ त्यु भएको छ । मृ त्यु हुनेमा ठाडीका ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
घर नजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुबै जनाको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृ त्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिनुभयो । मृ तक दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
यसैगरी जिल्लाको चौदण्डी गढी नगरपालिका–३ ज्यामिरेमा आज अन्दाजी ५० वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ज्यामिरे खोलाको बगरमा ती पुरुषको शव फेला परेको हो । तराईमूलको जस्तो देखिने मृतकको पहिचान खुल्न नसकेको र यस बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।(रासस)