तक्मे बुढाको निर्देशनमा सिलाम साख्मा — OSNepal

तक्मे बुढाको निर्देशनमा सिलाम साख्मा

LC (KTM) April 14, 2023 0

टेलिभिजन हुदै अभिनेता तथा गायक समेत बन्न भ्याएका बहुमुखी प्रतिभाका धनी अभिनेता विल्सनविक्रम राई अर्थात ‘तक्मे बुढा’ले अब निर्माण तथा निर्देशनको क्षेत्रमा समेत हात हालेका छन् । उनले अब फिल्म ‘सिलाम साख्मा’ को निर्माण तथा निर्देशन आफैले गर्ने भएका हुन् । नयाँ वर्षको अवसर जुराएर उनले सिलाम साख्माको घोषणा गरेका छन् । उनले सिलाम साख्माको अर्थ समेत बताएका छन् ।

किरात समुदायले छातीमा लगाउने ब्याच जस्तो प्रतीकलाई नै ‘सिलाम साख्मा भनिन्छ । जसको नेपाली अर्थ मृत्युको पनि बाटो छेक्ने भन्ने हुन्छ । उक्त फिल्म पूर्वी पहाडी भेगका बिभिन्न ठाउँमा छायाँकन गरिने समेत उनले जानकारी दिए । यो फिल्म असारदेखि फ्लोरमा जाने उनको भनाई छ । लिम्बू समुदायको कथालाई फिल्मले बोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर