दिल्लीमा उपचार गराइरहेका वरिष्ठ नेता खनालको मिर्गौलाको डायलाइसिस सुरू, प्रत्यारोपणको तयारी — OSNepal

दिल्लीमा उपचार गराइरहेका वरिष्ठ नेता खनालको मिर्गौलाको डायलाइसिस सुरू, प्रत्यारोपणको तयारी

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । उपचाररत नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौलाको डायलाइसिस सुरू गरिएको छ।

गत असार ३ गते दिल्ली प्रस्थान गरेका खनालको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा मिर्गौलाको प्रत्यारोपणको लागि डायलाइसिस सुरू गरिएको हो ।

‘पोस्ट कोभिड’बाट स्वास्थ्य समस्या देखिएर नर्भिक अस्पतालका भर्ना भएका खनालको स्वास्थ्य जटिल बन्दै गएपछि उनलाई परिवारले भारत लगेका थिए । प्रत्यारोपण नेपाल यत भारतमा गर्ने विषयमा भने कुनै निणर्य भएको छैन । तथापी प्रत्यारोपणको तयारी भइरहेको परिवारले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर