पृथ्वीराजमार्गअन्र्तगत तनहुँ खण्डमा पर्ने म्याग्दे गाउँपालिकास्थित राजमार्गमा लिची खरिद गर्दै सर्वसाधारणहरु । गोरखाको च्याङ्लीबाट ल्याइएका लिची प्रतिकिलो रु दुई सयमा बिक्री गर्ने गरेका छन् ।
सर्वोच्च अदालतको फैसला देश र जनताका पक्षमा छ : सिंह-नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सर्वोच्च अदालतको फैसला देश र जनताको पक्षमा भएको बताउनुभएको छ । नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिको विशेष बैठकलाई आज सम्बोधन गर्दै नेता सिंहले सरकारले गरेको असंवैधानिक कामलाई अदालतले सच्चाएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले नयाँ सरकारले कोरोना महामारीलाई योजनाबद्ध रुपले सामना गरी सबै जनतालाई खोपको व्यवस्था गर्ने उल्लेख गर्नुभयो । कांग्रेस सरकारको प्रभावकारिता जनताले महसुस गर्ने गरी काम गर्ने उहाँको भनाइ थियो ।
पार्टीका पूर्वमहामन्त्री सिंहले कांग्रेसको आगामी १४औँ महाधिवेशनले देश र जनताका लागि काम गर्नसक्ने सक्षम नेतृत्व छान्नुपर्ने बताउनुभयो । कांग्रेसले देशलाई महत्वपूर्ण अवस्थामा सङ्कटबाट उन्मुक्ति गराउँदै आएकाले अवको नेतृत्व समय सुहाउँदो हुनुपर्ने उहाँको भनाइ थियो । उहाँले देश र जनतालाई शिरमा राखेर पार्टीलाई मजबुत र सफल बनाउनको लागि आगामी महाधिवेशनमा आफू नेतृत्वका लागि तयार रहेको स्पष्ट पार्नुभयो । कांग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमा नै सम्पन्न हुने उहाँको भनाइ थियो ।