गोदावरीबाट संरक्षित वन्यजन्तुको आखेटोपहार सहित २ जना पक्राउ — OSNepal

गोदावरीबाट संरक्षित वन्यजन्तुको आखेटोपहार सहित २ जना पक्राउ

LC (KTM) July 13, 2021 0

काठमाडौं २९ असार । संरक्षित वन्यजन्तुको आखेटोपहार सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर गढी गाउँपालिका-४ बस्ने ४८ वर्षीय लाल बहादुर घलान र झापा गौरीगंज गाउँपालिका-३ बस्ने ३५ वर्षीय उदय कुमार कोइराला रहेका छन् ।

निजहरुको साथबाट प्रहरीले ललितपुर गोदावरी नगरपालिका-१४ ठैवबाट संरक्षित वन्यजन्तु कस्तुरीको बिना जस्तो देखिने २५ ग्राम तौल भएको १ थान आखेटोपहार बरामत गरेको छ । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार(पसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा पेश गरिएको उक्त ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर