झापामा आज एकै दिन १५६ जनामा कोरोना संक्रमण, धरानमा मात्रै ७८ जनामा देखियो — OSNepal

झापामा आज एकै दिन १५६ जनामा कोरोना संक्रमण, धरानमा मात्रै ७८ जनामा देखियो

LC (KTM) July 13, 2021 0

प्रदेश १ मा आज ३९७ जना कोरोना संक्रमित थपिएका छन् । झापामा १५६, सुनसरीमा ११४, मोरङमा ९४, इलाम र धनकुटामा ७–७, ते¥हथुम र उदयपुरमा २–२, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

झापाको विर्तामोडमा ४७, मेचीनगर र कनकाईमा २५–२५, भद्रपुर र दमकमा १५–१५, अर्जुनधारामा १०, शिवसताक्षीमा ५, बुद्धशान्तिमा ४, बा¥हदशी र स्थानीय तह नखुलेका ३–३, हल्दिबारीमा २, गौरादह र कमल गाउँपालिकामा १–१ जनामा संक्रमण भएको छ ।

सुनसरीको धरानमा ७८, इटहरीमा ३०, बराहक्षेत्रमा ३, रामधुनीमा १ र स्थानीय तह नखुलेका २ जना, मोरङको विराटनगरमा ५२, केराबारीमा २१, उर्लाबारीमा ६, सुन्दरहरैचामा ५, कटहरीमा ३, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण भएको छ ।

इलामको इलाम नगरपालिकामा ७, धनकुटाको धनकुटा नगरपालिकामा ४, पाख्रिबासमा १ र स्थानीय तह नखुलेका २, ते¥हथुममा २, उदयपुरको चौदण्डीगढी र उदयपुरगढीमा १–१, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमित हुनेको संख्या ७६ हजार १८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५ हजार ५०६ रहेको छ । प्रदेश १ मा आज ३३८ जना संक्रमणमुक्त भएका छन् ।

संक्रमणमुक्त हुनेमा १५४ महिला र १८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६९ हजार २९२ पुगेको छ । प्रदेश १ मा आज १ हजार ३४६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २२८ महिला र १६९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर