राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख गरेन — OSNepal

राष्ट्रपति कार्यालयले देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा नै उल्लेख गरेन

LC (KTM) July 13, 2021 0

काठमाडौं २९ असार । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा संविधानको धारा नै उल्लेख गरेको छैन । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गरिएको भनी जारी गरिएको विज्ञप्तीमा संविधानको धारा नै उल्लेख नगरिएको हो ।

सर्वोच्चको परमादेश अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीका रूपमा नियुक्त गरेकी हुन् ।

कार्यालयका सहायक प्रवक्ता केशब प्रसाद घिमिरेको नाममा जारी विज्ञप्तीमा यस्तो छ ,‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर