निषेधाज्ञा खुकुलो भएसँगै आज काठमाडौंं उपत्याका ह्वात्तै बढे कोरोना संक्रमित — OSNepal

निषेधाज्ञा खुकुलो भएसँगै आज काठमाडौंं उपत्याका ह्वात्तै बढे कोरोना संक्रमित

LC (KTM) July 13, 2021 0

काठमाडौं-गएको २४ घण्टामा नेपालमा २ हजार ३९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११ हजार १२ नमूना परीक्षण गर्दा २ हजार ३९८ जनामा कोरोना पुष्टि भएको हो । सोही अबधीमा ३ हजार ७८ जना निको भएका छन्। यस्तै, आज १२ जनाको कोरोनाका कारण ज्यान गएको छ। यो सहित नेपालमा ज्यान गुमाउनेको संख्या ९ हजार ४१२ पुगेको छ।

आज काठमाडौं उपत्यकामा ५८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्य काठमाडौं ४१०, ललितपुर ९७ र भक्तपुरमा ८० जना रहेका छन् । हिजो देशभर १ हजार १३३ जना संक्रमणमुक्त भएका थिए भने २ हजार ३७० संक्रमित थपिएका थिए। १८ जनाको मृत्यु भएको थियो ।

यस्तै, काठमाडौं उपत्यकामा ४३३ जनामा संक्रमण देखिएको थियो जसमा काठमाडौं २८९, ललितपुर ९० र भक्तपुर ५४ जना रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर