पर्वत -पर्वतमा चितुवाको बच्चा मृत अबस्थामा फेला परेको छ । कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा रहेको बिल्ला–फलेवास सडक खण्ड अन्तर्गत कुश्मा नगरपालिका र फलेवास नगरपालिका जोड्ने पहरे पुल नजिकै कालोपत्रे सडकमा बुधबार बिहानै चितुवाको बच्चा मृत अवस्थामा फेला परेको हो ।
उद्धारको लागि पुगेको प्रहरी र वन कार्यालयका कर्मचारीले चितुवाको बच्चा मृत रहेको पुष्टि गरे । सवारी चालक र स्थानीयले चितुवाको बच्चा देखेपछि तत्काल नै जिल्ला प्रहरी कार्यालय पर्वत र डिभिजन वन कार्यालय पर्वतमा खबर गरेका थिए।चितुवाको बच्चा मृत रहेको पुष्टि भएकाले मुचुल्का गरेर गाडिएको हो ।