काठमाडौं- निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नीजि निवास आसपासमा सुरक्षा सतर्कता बढाइएको छ । ओलीको भक्तपुर बालकोटस्थित निवासमा सुरक्षाकर्मीहरुको उपस्थिति बढाइएको त्यहाका स्थानियले बताएका छन् ।
ओलीको निवास सुरक्षार्थ पहिलेदेखि नै सशस्त्र प्रहरी तैनाथ हुँदै आएपनि सोमबार साँझ बाट नै प्रहरीको उपस्थिति बाक्लो देखिएको बताइएको छ । ओली बुधबारमात्र सरकारी निवासबाट नीजि निवास बालकोट जाने भएका छन् ।
उनलाई युवा संघको आयोजनामा भोलि ११ बजे दुई हजार गाडी र तीन हजार मोटरसाइकलले ओलीलाई बालकोटको घरसम्म लैजाने कार्यक्रम रहेको बताइएको छ । बालुवाटारदेखि बालकोट निवाससम्म स्कर्टिङ गर्ने कार्यक्रम रहेको एमालेका नेता महेश बस्नेतले बताए ।