पौने ४ लाखको त ब्याग मात्रै बोक्छिन् नायक अनिल कपुरकी छोरी सोनम कपुर — OSNepal

पौने ४ लाखको त ब्याग मात्रै बोक्छिन् नायक अनिल कपुरकी छोरी सोनम कपुर

LC (KTM) July 13, 2021 0

बलिउडमा यस्ता अभिनेत्रीहरु छन् जस्को कपडाको मुल्य सुन्दा नि तिन छक्क परिन्छ । उनीहरुले लगाउने आउटफिट देखी लिएर ब्याग सम्म छोई नसक्नु महंगो हुने गरेको छ । आज हामी तिनै बलिउडकी अभिनेत्री सोनम कपुरको कुरा गर्दैछौ ।

बलिउड अभिनेत्री सोनम कपुर बिशेष गरेर आफ्नो फेशनमा बढी ध्यान दिने गर्छिन् । उनको फेशन सेन्सलाई लिएर सधै चर्चा हुने गरेको छ । कहिले काही उनी आफ्नो फेशन रोजाईका लागि फेशन पुलिसको निशानामा समेत परेकी छिन् । इण्डियामा मात्रै हैन उनी ग्लोबल सर्कलमा पनि आफ्नो स्टाइल स्टेटमेन्टका लागि पहिचान बनाएकी छिन् ।

यसैबीच सोनम कपुर एक क्लासिक लुक्समा देखिएकी छिन् । सोनमले आफ्नो सामाजिक सञ्जालमा हालै केही तस्बिरहरु शेयर गरेकी छिन् । जहाँ उनलाई एकदमै अलग तथा एक खास पहिरनमा देखिएको छ । उनले सार्वजनिक गरेको तस्बिरमा एकदमै महंगो ईन्टरनेश्नल ब्राण्ड लुई बिटान को एक महंगो ड्रेसमा उनलाई देखिएको छ ।

उनले सामाजिक सञ्जालमा जुन तस्बिरहरु सार्वजनिक गरेकी छिन् त्यसमा उनी एक ब्ल्याक बटन क्रप टपमा एकदमै ग्ल्यामर्स देखिएकी छिन् । यस टपको कलरमा स्टाईलिश बटनको प्रयोग गरिएको छ जस्ले उनलाई एकदमै पावरफुल लुक्स दिएको छ । साथै उनले ब्ल्याक पेन्ट समेत लगाएकी छिन् ।

उनको क्रप टप को मुल्य करिब २ लाख रुपैया रहेको छ भने कार्गाे पेन्टको मुल्य करिब १ लाख ५० हजार रहेको बताइएको छ । साथै उनले जुन ब्याग बोकेकी छिन् त्यस ब्यागको मुल्य पौने ४ लाख रुपैयाको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर