इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल लिभरपुलसंग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनललाई लिभरपुलले २-२ गोलको बराबरी रोकेको हो । आर्सनलले दुई गोलको अग्रता बनाए पनि अन्ततः जोगाउन सकेन । आर्सनलले लिभरपुलसँग अंक बाँडेको छ । आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जिससले एक एक गोल गरे ।
लिभरपुलका मोहमद सलाह र रोबर्टो फिर्मिन्होले एक एक गोल गरे । खेलको आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई सुरुआती अग्रता दिलाएका थिए ।२८ औं मिनेटमा जिससले गोल गर्दै आर्सनललाई २-० को अग्रता दिलाए ।खेलको ४२ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई २-१ को स्थितिमा ल्याए ।खेलको ५४ औं मिनेटमा लिभरपुलका सलाह पेनाल्टीमा गोल गर्न चुके ।
उनको प्रहार बाहिरिएको थियो ।तर, खेलको ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २-२ गोलको बराबरीमा ल्याए ।यस बराबरीसँगै आर्सनलले ३० खेलमा ७३ अंक जोडेको छ ।आर्सनलले लिगमा ६ अंकको अग्रता बनाएको छ ।लिभरपुल ४४ अंक जोडेर आठौं स्थानमा रहेको छ ।