दुर्गा प्रसाई संग मेरो कुनै संबाद भएको छैन , चुनाव प्रभावित बनाउने सुनियोजित षडयन्त्र हो– रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ — OSNepal

दुर्गा प्रसाई संग मेरो कुनै संबाद भएको छैन , चुनाव प्रभावित बनाउने सुनियोजित षडयन्त्र हो– रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ

LC (KTM) April 09, 2023 0

मेडिकल ब्यवसायी दुर्गा प्रसाई संगको अडियो प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद ढाकाकुमार श्रेष्ठले उक्त आरोपको खण्डन गरेका छन् । यो पार्टीलाई कमजोर बनाउने सुनियोजित षडयन्त्र भएको भन्दै उक्त आरोपको खण्डन गरेका छन् । सांसद श्रेष्ठले उक्त आवाज आफ्नो नरहेको र दुर्गा प्रसाईसंग आफ्नो कुनै संबाद नभएको दाबी गरेका छन् ।

रबि लामिछानेलाई कमजोर बनाउने तथा चुनाव नजिकिदै गर्दा त्यसलाई प्रभावित बनाउने सुनियोजित षडयन्त्र भएको उनले बताए । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको थियो । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई साढे २ करोड रुपैयाँ बुझाउनुपर्ने भन्दै सांसद श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईंसँग रकम मागेको अडियोमा सुन्न सकिन्छ ।

कपुरबोट डटकमले सार्वजनिक गरेको अडियोमा सांसद श्रेष्ठले आफ्नो दलले स्वास्थ्य मन्त्रालय पाउने भएको र मन्त्री बन्नका लागि नेताहरुले आफूसँग साढे २ करोड मागेको बताएका छन् । प्रचण्ड सरकारमा सहभागी रास्वपाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दाबी गर्दै आएको थियो । ३ माघमा मन्त्रिपरिषद् विस्तार हुनुअघि यो संवाद भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर