सोलुखुम्बु, ३१ वैशाख : हिमाली जिल्ला सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिकाबाट एक गर्भवतीको आज हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।
माप्यदुधकोशी गाउँपालिका–१ जुभिङकी २६ वर्षीया सुस्मिता राईलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरि काठमाडौँ लगिएको प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवतीलाई ‘राष्ट्रपति महिला उत्थान कार्यक्रम’मार्फत उद्धार गरी काठमाडौँको प्रसूति गृह अस्पताल, थापाथली लगिएको हो ।
दुईदिन देखि सुत्केरी ब्यथा लागेकी राईलाई माप्यदुधकोशीको बासा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा उपचार सम्भव नभएपछि थप उचारका लागि पठाइएको हो । (रासस)