गोर्खा इको प्यानल र पूर्व मिस नेपाल खतिवडाबीचको सहकार्यले पायो निरन्तरता — OSNepal

गोर्खा इको प्यानल र पूर्व मिस नेपाल खतिवडाबीचको सहकार्यले पायो निरन्तरता

LC (KTM) July 13, 2021 0

काठमाडौं । गोर्खा इको प्यानलको उत्पादक इन्टरनेशनल ग्रीन डेभलोपर्स नेपाल प्रालिले गोर्खा इको प्यानलको प्रवद्र्धन गर्न श्रृखला खतिवडासँग गर्दै आएको सहकार्यलाई फेरि निरन्तरता दिएको छ । गोर्खा इको प्यानल एक हलुका इन्टरलकिंग प्रिफेब्रिकेटेड स्याण्डविच प्यानल हो । अन्य निर्माण सामाग्रीहरुको तुलनामा यसको उल्लेख्य विशेषताहरुका कारण परिचित छ । यसले इन्सुलेसन, वातावरणीय सुरक्षा एवं ऊर्जा संरक्षण जस्ता फाइदाहरु प्रदान गर्दछ ।

यसैगरी गोर्खा इको प्यानल निर्माणका लागि लागतका हिसाबले समेत उपयुक्त छ । कम्पनीले पूर्व मिस नेपाल २०१८ श्रृखला खतिवडासँग जुन सहकार्य गरेको छ त्यो सान्दर्भिक पनि छ किनकि श्रृखला स्वयम् पनि एक आर्किटेक्ट हुन् । यसका साथै उनी वातावरणमैत्री आवासीय भवनहरुको पक्षधरको रुपमा परिचित छिन् भनें उनका कार्यहरुले पनि दिगो निर्माणको प्रवद्र्धनलाई बढावा दिंदै आइरहेको, जसले वातावरण प्रति न्यून असर पार्दै आएको छ ।

हिजोआज मानिसहरुको ध्यान वातावरणीय प्रभावलाई दूरगामी असर पार्ने जस्ता उत्पादनहरु प्रयोग तथा खरीद गर्ने सन्दर्भमा धेरै नै सचेत हुन थालेका छन् । यसैले गोर्खा इको प्यानलले एक उत्तम विकल्प प्रदान गरेको छ । यसका अतिरिक्त यी प्यानलहरु प्रयोग गर्न सकिने हुनाको साथै वर्तमान समयमा बदलिरहेको मानवीय शैली र चाहनासँग समेत मेल खाने किसिमका छन् ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर