अटोमेटिक पेस्तोल सहित २ जना पक्राउ — OSNepal

अटोमेटिक पेस्तोल सहित २ जना पक्राउ

LC (KTM) July 13, 2021 0

सिरहा २९ असार । गोलबजार नगरपालिका-९ स्थित आँपको बगैंचाबाट मेडइन इटाली लेखिएको १ थान अटोमेटिक पेस्तोल, त्यसको १ थान म्याग्जिन, २ राउण्ड गोली र २ थान मोबाइल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मिर्चैया नगरपालिका-१० पिपरा टोल बस्ने २६ वर्षीय रामकुमार यादव र सोही ठाउँ बस्ने २२ वर्षीय रूपेस यादव रहेका छन् । उक्त बगैंचामा हातहतियार सहित मानिस बसिरहेको भन्ने सूचनाको आधारमा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरुलाई उक्त हतियार सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर