देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने — OSNepal

देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएको राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने

LC (KTM) July 13, 2021 0

काठमाडौँ २० असार । कांग्रेसको नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा राष्ट्रिय जनमोर्चा तत्काल सहभागी नहुने भएको छ । शेरबहादुर देयवालाई प्रधानमन्त्री बन्नको लागि सहयोग गरेको राष्ट्रिय जनमोर्चा सरकारमा भने तत्काल नजान भएको हो ।

पार्टीको बैठक बसेर निणर्य नहुँदा सम्म सरकार सहभागी नहुने पार्टीका उपाध्यक्ष दुर्गा पौडेलले जनाएकी छिन् ।पार्टीको आधिकारिक धारण नआएसम्म सरकारमा जाने भन्ने कुरा हुँदैन भन्दै उपाध्यक्ष पौडेलले अबको केहि दिनमा नै बैठक बसेर यस विषयमा निणर्य हुने जनाएकी छन् ।

देउवालाई साथ दिएका माओवादी र जसपा भने मन्त्री कसलाई बनाउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेका छन् । यता विपक्षी गठबन्धनसँग मिल ि देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गरेका एमालेका माधव नेपाल पक्ष भने विपक्षी गठबन्धनको समुहबाट बाहिरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर