इन्डियन प्रिमियर लिगमा कोलकत्ता नाईट राईडर्सले रोयल च्यालेन्जर्स बेंग्लोरमाथी सानदार जित निकालेको छ । घरेलु मैदान इडन गार्डेनमा सानदार जित निकाल्ने क्रममा कोलकत्ताले बेंग्लोरलाई ८१ रनले पराजित गरेको हो । कोलकत्ताले दिएको २ सय ५ रनको लक्ष्य पछ्याएको बेंग्लोरले १७ ओभर ४ बलमा अलआउट हुदै १ सय २३ रनको स्कोर खडा गरेको थियो ।
बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले सर्वाधिक २३ तथा विराट कोहलीले २१ रन बनाए । माईकल ब्रेसवेलले १९ रन बनाउँदा डेबिड बिल्लीले २० बलमा अविजित २० रन बनाए । कोलकत्ताका वरुण चक्रवर्तीले ४ र सुयश शर्मा ३ विकेट लिए । सुनिल नारेन २ तथा शार्दुल ठाकुरले १ विकेट आफ्नो नाम गरे । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ७ विकेट गुमाएर २ सय ४ रन बनाएको थियो ।
कोलकत्ताका लागि रहमानुल्लाह गुर्वाज र शार्दुल ठाकुरले अर्धशतकीय ईनिङ खेले । ठाकुरले २९ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ६८ रन बनाए ।गुर्वाजले ४४ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५७ रन बनाए । रिंकु सिंहले ३३ बलमा ४६ रन बनाए । सिंह र ठाकुरले छैटौं विकेटका लागि १ सय ३ रनको साझेदारी गरेका थिए । कोलकत्ताका लागि डेबिड बिल्ली र कर्ण शर्माले समान २-२ तथा मोहम्मद सिराज,हर्षल पटेल र माईकल ब्रेसवेलले समान १-१ विकेट लिए ।