काठमाडौँ । भारतीय चर्चित अभिनेता सुनील शेट्टीको अपार्टमेन्ट सिल गरिएको छ । भारतीय मिडिया आजतकका अनुसार अभिनेता शेट्टीको दक्षिण मुम्बईस्थित अल्माउण्ट रोडमा रहेको पृथ्वी अपार्टमेन्ट सिल गरिएको हो ।
अभिनेता शेट्टीको अपार्टमेन्टमा कोरोनाको पाँच सक्रिय केस भेटिएपछि बीएमसीले अपार्टमेन्ट सिल गरेको समाचारमा जनाइएको छ । भारतीय मिडियाका अनुसार अपार्टमेन्ट दुई दिन सिल गरिनेछ । बीएमसीका सहायक कमिश्नर प्रशान्त गायकवाडले कोरोनाका कारण अपार्टमेन्ट दुई दिन सिल गरिने पृष्टि गरे ।विश्वकै सबैभन्दा महंगो क्षेत्रमा रहेको अपार्टमेन्टका चिनिएको अभिनेता शेट्टी पछिल्लो कैयौं वर्षदेखि यो अपार्टमेन्टमा बस्दै आएको बताइन्छ ।
जसमा सुनिलसँगै उनकी पत्नी माना, अभिनेत्री छोरी आथिया र अभिनेताका रुपमा फिल्ममा डेब्यू गर्न लागेका छोरा अहान बस्दै आएका छन् । भारतीय मिडियाका अनुसार अभिनेता शेट्टीको परिवार भने सुरक्षीत रहेको छ । अहिले मेडिकल टिमले उक्त अपार्टमेन्टमा कोरोना परिक्षण लगायत अस्पताल लैजाने र थप उपचार सुरु गरिएको छ ।