एजेन्सी- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले राजनीतिबाट सन्यास लिएका छन् । उनले सोमबार राजनीतिमा नफर्किने घोषणा गरेका छन् । उनले यो निर्णय पार्टीका सबै पदाधिकारीसँगको छलफल पछि लिएको बताइएको छ ।
उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका हुन् ।रजनीकान्तले नयाँ संगठन रजनी फ्यान क्लब एशोसिएसनको नामबाट समाजसेवाको काम गर्नेछन् ।उनले तमिल भाषामा एक चिठी लेख्दै आफू चुनावमा प्रतिष्पर्धी नभएरै मानिसको सेवा गर्ने बताएका थिए ।
अभिनेता रजनीकान्त केही दिन पहिले अमेरिकामा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका थिए । २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराएका उनलाई केही समय सुटिङ नगर्न समेत डाक्टरले सुझाएका छन् ।उनले सोमबार आफ्नो राजनीतिक पार्टी ‘रजनी मक्कल मन्द्रम’को अन्त्य गरेका छन् । उनी उपचार पछि स्वदेश फर्कदा एअरपोर्टमा स्वागत गर्न का लागी फ्यानहरुको भीड नै लागेको थियो ।