पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज — OSNepal

पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा अस्पतालबाट डिस्चार्ज

LC (KTM) May 14, 2021 0

काठमाडौँ- पूर्वरानी कोमल शाह शुक्रबार डिस्चार्ज भएकी छन् ।उनी अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनीसँगै पूर्व अधिराजकुमारी प्रेरणा शाह समेत अस्पतालबाट डिस्चार्ज भएकी छन् । कोरोना पुष्टि भएपछि उनीहरु
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशल अस्पतालमा भर्ना भएका थिए । अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो ।

अक्सिजन निरन्तर घटेपछि आईसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो । प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । अब सुधार भएपछि उनलाई डिस्चार्ज गरिएको बताइएको छ ।कोरोना संक्रमण भइ २१ दिनअघि नर्भिक अस्पतालमा पूर्व राजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थियो । त्यसको २ दिनपछि पूर्वरानी र पूर्व अधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर