प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्दै — OSNepal

प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्दै

LC (KTM) July 13, 2021 0

काठमाडौं २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

आज चार बजे पछि प्रधानमन्त्री पद छाड्न लागेका ओलीले आज नै दिउँसो एक बजे बालुवाटारमा स्थायी कमिटिको बैठक पनि बोलाएका छन् । बैठक लगत्तै दिउँसो २ बजे बालुवाटारबाट सम्बोधन गर्न लागेका ओलीको सचिवालयले जनाएको छ ।

दोस्रो पटक पनि संसद विघटन भएपछि ओली सरकार अब ढल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर