नयाँ सरकारको नेतृत्वमा बन्न लागेको सरकारमा मन्त्रीको टुंगो लगाउन, कांग्रेस र माओवादी आन्तरिक छलफलमा — OSNepal

नयाँ सरकारको नेतृत्वमा बन्न लागेको सरकारमा मन्त्रीको टुंगो लगाउन, कांग्रेस र माओवादी आन्तरिक छलफलमा

LC (KTM) July 13, 2021 0

काठमाडौँ २९ असार । आज अपराह्र चार बजे प्रधानमन्त्रीको सपथ लिनु भन्दा अगाडी कांग्रेसका सभापति शेरबहादुर देउवा नयाँ सरकार मन्त्री छनोट विषयमा आन्तरिक छलफलमा जुटेका छन् ।

देउवाको नेतृत्वमा बन्न लागेको अबको सरकारमा माओवादी केन्द्रले समेत मन्त्री पद पाउने भएको छ । सानो आकारको मन्त्रिमण्डल बनाउन लागि परेका देउवाको निवास बुढानिलकण्ठमा नेताहरुको भीड लागेको छ । कांग्रेसबाट मन्त्री बनाउनको लागि देउवाले उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, बालकृष्ण खाँणलगायतका नेताहरूसँग परामर्श गरेका छन् ।

माओवादी केन्द्रको तर्फबाट भने नेताहरु देव गुरुङ, जनार्दन शर्मा, पम्फा भुसा, हरिबोल गजुरेल लगायत मन्त्रीका आकांक्षी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर