यसकारण अलमलमा छन् अभिनेता ऋतिक — OSNepal

यसकारण अलमलमा छन् अभिनेता ऋतिक

LC (KTM) July 13, 2021 0

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनका दुई सिनेमा एउटै मितिमा रिलिज हुने भएका छन् । कोरोना महामारीका कारण करिब करिब तीन महिना भारतमा लकडाउन भएपछि उनको सिनेमा प्रदर्शनीको मिति हेरफेर भएको छ ।

जसका कारण यतिबेला उनको दुई सिनेमा एउटै मितिमा रिलिज हुने अवस्था आएको छ । निर्माता तथा वितरकले उनको नयाँ फिल्म बिक्रम वेधाको रिमेक र फाइटर गरी दुई फिल्म एउटै मितिमा रिलिज हुन लागेको हो ।

यी दुवै फिल्मलाई आगामी ३० सेप्टेम्बर २०२२ मा रिलिज मिति घोषणा गरिएको छ । यी दुई फिल्ममध्ये नयाँ फिल्म फाइटरको उनले आधाभन्दा बढी छायांकन समेत सम्पन्न गरिसकेका छन् । बिक्रम वेधा र फाइटर गरी दुवै फिल्म एकसाथ रिलिज हुने घोषणा भएपछि यी अभिनेता यति बेला तनावमा छन् ।

आफ्नै फिल्मले आफ्नै फिल्मसँग प्रतिस्पर्धा नगर्ने उनले निर्मातालाई प्रतिक्रिया दिएका छन् । फिल्म फाइटरलाई यति बेला निर्देशक सिद्धार्थ आनन्दले बनाइरहेको छन् । यो फिल्ममा ऋतिक रोशनको जोडीका रूपमा दीपिका पादुकोण रहेकी छन् । यो फिल्म पनि अघिल्लो फिल्म वार जस्तै एक्सन प्रधान बनाइएको छ । राजधानि दैनिकमा खबर छ ।

यस्तै, उनको अर्को फिल्म बिक्रम वेधालाई पुष्कर गायत्रीले निर्माण गर्दै छन् । यो फिल्मको पनि अहिले तीव्र गतिमा काम भइरहेको छ । आगामी वर्ष ३० सेप्टेम्बरमा फिल्म बिक्रम वेधालाई रिलिज गर्ने निर्देशक पुष्करले बताएका छन् । उनी त्यो मिति परिवर्तन गर्ने पक्षमा छैनन् ।

यस्तै सिद्धार्थ आनन्दले पनि फाइटरको मिति विभिन्न वितरक कम्पनी र ओटिटी प्लेटफर्मसँगको सल्लाहबमोजिम आगामी वर्ष ३० सेप्टेम्बरलाई तय गरिएको बताएका छन् । सोही कारण उनले पनि यो फिल्मको डेट अब सार्न नमिल्ने जिकिर गरेका छन् । यसरी एकै मितिमा आफ्नो दुई फिल्म दुई निर्माताले रिलिज गर्ने भएपछि अभिनेता ऋतिक अहिले अलमलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर