मास्टर सेफ सन्तोष शाह अस्ट्रेलियाको सिड्नी मा आउने दिन तय भएको कुरा आज मिडिया ब्रिफिङमा जानकारी गरिएको थियो। अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले मास्टर सेफ सन्तोष शाहको साथमा नेपाली खाना र संस्कृतिलाई मनाउनका लागि विभिन्न कार्यक्रम आयोजना गर्न लागेको घोषणा गर्न पाउँदा आयोजक हर्षित रहेको जानकारी प्राप्त भएको थियो। आयोजकले ले पप अप किचन कार्यक्रम मे २ देखि ६ सम्म नमस्ते रेस्टुरेन्ट टाउन हल आयोजना हुने र , जहाँ मास्टर सन्तोष शाहले आफ्नो पाक कला प्रदर्शन गर्ने र प्रामाणिक नेपाली परिकारहरू तयार गर्ने जानकारी दिएको थियो । यस कार्यक्रमले खाना प्रेमीहरूलाई नेपाली खानाको अनुपम स्वादको स्वाद लिन र सिक्ने मौका दिने अवसर रहेको कुरा आयोजक द्वारा जानकारी प्राप्त भएको छ ।
आज गरिएको मिट एंड ग्रिट कार्यक्रम मा मास्टर सेफ सन्तोष शाहले अष्ट्रेलियामा रहेका प्रशंसकहरू, खाना उत्साहीहरू र नेपाली समुदायका सदस्यहरूसँग अन्तरक्रिया गर्ने पनि जानकारी गरिएको थियो । उक्त कार्यक्रमले उपस्थितहरूलाई प्रश्न सोध्ने, फोटो खिच्ने र मास्टर सन्तोष शाहको पाक यात्राको बारेमा थप जान्नको लागि अवसर दिनेछ। अष्ट्रेलियन प्यासिफिक इन्टरनेशनल कलेजले नेपाल फूड फेस्टिभलको मे १३ मा आयोजना गर्ने र , जसमा विभिन्न नेपाली परिकार, संगीत र सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत हुनेछन् भन्दै उक्त कलेजका सीइओ गणेश के. सी. ले जानकारी दिनु भएको थियो । यस कार्यक्रमले सहभागीहरूलाई नेपालको समृद्ध र विविध संस्कृति, खाना र कलाको माध्यमबाट अनुभव गर्ने यहि मौका रहेको आयोजक डीला खरेल ले बताउनु भएको थियो ।
यी सबै कार्यक्रमहरू नेपाली भाषामा आयोजना हुनेछन्, जसले समुदायका नेपाली भाषी सदस्यहरूलाई मास्टर सेफ सन्तोष शाहसँग जोडिने र सिक्ने अनुपम अवसर प्रदान गर्नेछ भन्दै सम्पूर्ण अस्ट्रेलिया वासी नेपाली दाजु भाई दिदि बहिनि आमा बुबा हरुलाई मे २ देखि ६ सम्म नमस्ते रेस्टुरेन्ट टाउन हल मा भेट्न आतुर रहेको नमस्ते रेस्टुरेन्ट का संचालक गम्भीर सापकोटा ले बताउनु भएको थियो । उक्त कार्यक्रम मा उपस्थीति हुनको लागि तल दिइएको लिंक मा क्लिक गरि आफ्नो सिट सुरक्षित राख्न आयोजकले सबै मा अनुरोध गरेको छ।
TICKETING LINK;
https://apemc.com.au/#
आज गरिएको प्रेस मिट बारे थप जानकारी को लागि तल को लिंक क्लिक गरि हेर्न सक्नु हुनेछ।