काठमाडौं। संचारकर्मी नरेश भट्टराई ‘बिन्ध्यवासिनी कला पत्रकारिता सम्मान २०७९’ बाट सम्मानित हुने भएृका छन् । नेपाली संगित क्षेत्रमा कृयाशिल संस्था बिन्ध्यवासीनी म्युजिक प्रालिले ‘बिन्ध्यबासीनी कला पत्रकारिता सम्मान २०७९’ पत्रकार भट्टराईलाई प्रदान गर्न लागिएको फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीले बताइन्।
फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीका अनुसार विगत २५ वर्षदेखि विभिन्न सञ्चार गृहसँग आबद्ध रहेर गीत संङ्गीत र श्रष्टा प्रबद्र्धन एंव विकासमा योगदान पुर्याएबापत भट्टराईलाई प्रदान गर्ने निर्णय गरिएको हो ।
श्रष्टालाई सम्मान गरिरहँदा उनीहरूको प्रबद्र्धनमा भुमिका निभाएका पत्रकारलाई पनि नेपाली संगीत समाजले सम्मान गर्नुपर्छ भन्ने मान्यता राखेर बिन्ध्यबासिनि म्युजिक प्रा।लिले सम्मानको सुरुवात गरेको अध्यक्ष शर्माले जानकारी दिइन्। नीजि क्षेत्रबाट भएको यस्तो सम्मान नेपाली संगीतको इतिहास मै पहिलो भएको फाउन्डेसनको दाबी छ ।