आज पनि भारी वर्षाको सम्भाबना, उच्च सर्तकता अपनाउन आग्रह — OSNepal

आज पनि भारी वर्षाको सम्भाबना, उच्च सर्तकता अपनाउन आग्रह

LC (KTM) July 13, 2021 0

काठमाडौँ- देशका विभिन्न स्थानमा आज पनि वर्षा भइरहेको छ ।अहिले देशभर सामान्य बदली रही वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो र राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

बिहीबारसम्म नै कायम रहने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । त्यस्तै राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै भोली पनि प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर