अमेरिकाले दिएको १५ लाख मात्रा खोप क कसले पाउछन् लगाउन ? — OSNepal

अमेरिकाले दिएको १५ लाख मात्रा खोप क कसले पाउछन् लगाउन ?

LC (KTM) July 13, 2021 0

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप अभियान नियमित रूपमा अघि बढाउने भएको छ । गत २५ असारमा ८ लाख मात्रा भेरोसेल र हिजो सोमबार १५ लाख ३४ हजार ८ सय ५० मात्रा जोनसन एण्ड जोनसन खोप भित्रिएपछि सरकारले खोप अभियान नियमित गर्न लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको सोमबार बसेको बैठकले जोन्सन खोप पाउने प्राथमिकता निर्धारण गरेको छ । आज मंगलबारदेखि बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भेरोसेल खोप पहिलो मात्रा लगाइने मन्त्रालयले जनाएको छ । भेरोसिल खोप लगाउने प्राथमिकतामा ५५ र त्यसमाथिका उमेर समूहका कोभिड–१९ विरुद्ध खोप लगाउन बाँकी नागरिक छन् । स्वास्थ्य सेवा विभाग महानिर्देशक डा। दीपेन्द्ररमण सिंहका अनुसार विश्वविद्यालयका प्राध्यापक र शिक्षकलाई भेरोसिल खोप लगाउने प्राथमिकतामा राखिएका छन् ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

त्यस्तै, सार्वजनिक यातायातका चालक र सहचालक, सरकारले तोकेका अत्यावश्यक सेवामा संलग्न खोप लगाउन बाँकीलाई पनि भेरोसिल खोप लगाउने सरकारको योजना छ । खोप अनिवार्य देशमा जाने नागरिक पनि भेरोसिल खोपको सूचीमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर