राजस्थानसँग हैदराबाद ७२ रनले पराजित — OSNepal

राजस्थानसँग हैदराबाद ७२ रनले पराजित

LC (KTM) April 02, 2023 0

काठमाडौं, १९ चैत-इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा राजस्थान रोयल्सले सनराइजर्स हैदराबादलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा राजस्थानले हैदराबादलाई ७२ रनले पराजित गरेको हो ।

राजस्थानले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३१ रन बनायाे । उसका लागि अब्दुल समादले नटआउट ३२ र मयंक अग्रवालले २७ रन बनाए । राजस्थानका युजवेन्द्र चहलले ४ र ट्रेन्ट बाेल्टले २ विकेट लिए । 

यसअघि हैदराबादमा टस हारेर ब्याटिङ गरेकाे राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३ रन बनायो । उसका लागि सन्जु सामसनले ५५ तथा यशस्वी जयसवाल र जस बटलरले ५४/५४ रन बनाए । हैदरावादका थंगरसु नटराजन र फजलहक फरुकीले २/२ विकेट लिए ।

याे जितसँगै राजस्थान २ अङ्कसहित तालिकाकाे शीर्ष स्थानमा उक्लिएकाे छ । पराजय भोगेको हैदराबाद तालिकाकाे पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर